site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रिक्त २५ एसएसपीका लागि ६० भन्दा धेरै एसपी आकांक्षी, शक्तिकेन्द्रको दबाबपछि बढुवा अलपत्र

काठमाडौं । नेपाल प्रहरीमा रिक्त २५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवा प्रक्रिया अलपत्र परेको छ । गत भदौदेखि दरबन्दी खाली हुँदा पनि शक्तिकेन्द्रको टकरावका कारण प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा प्रक्रिया अवरुद्ध भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

रिक्त दरबन्दीका लागि एकै ब्याची एसपीहरू छन् । तर, एसपीमा बढुवा हुँदा एकै समय नभएका कारणले गर्दा अप्ठेरो परेको हो । पछि बढुवा भएकाहरूको दबाबमा गृहमन्त्री रमेश लेखकदेखि प्रहरी प्रमुख आईजीपी वसन्त कुवँरसमेत परेका छन् ।

दबाब झेल्न नसकेर आईजी कुवँरले शक्तिकेन्द्र धाउने प्रहरी अधिकारीलाई कारबाहीको चेतावनीसमेत दिइसकेका छन् । हाल प्रतिस्पार्धामा रहेका एसपीहरू ०५८ सालमा एकैसाथ भर्ना भएका अधिकृत हुन् ।

यिनीहरू चार चरणमा गरी एसपीमा बढुवा भएका हुन् । जसकारण एकै टोलीमा भर्ना भए पनि एसपीको बढुवामा पहिलो चरणका बढुवा भएका अधिकारीभन्दा अन्तिममा भर्ना भएका एसपीको दबाब तीव्र भएपछि बढुवा प्रक्रिया नै अलपत्र परेको हो ।

पहिलो लटमा डीएसपीबाट एसपीमा बढुवा हुनेहरूमा रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, कृष्णप्रसाद कोइरालासहित १५ जना छन् । उनीहरू ०७५ मा एसपीमा बढुवा भएका हुन् ।

यसरी नै दोस्रो लटमा बढुवा हुनेहरूमा होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौरसहित १६ जना छन् । उनीहरू ०७७ मा वैशाखमा एसपी बनेका हुन् ।

तेस्रो लटमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्लेसहित १५ जना ०७७ माघ २० मा बढुवा भएका थिए । यही ब्याचको चौथो टोली ०७८ मंसिरमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिनासहित पाँचजना छन् ।

यही ब्याचबाट अन्तिम लटमा बढुवा हुनेमा सीताराम रिजाल, भीमकिरण बोगटीसहित आठजना छन् । उनीहरू ०७९ एसपी भएका थिए ।

यो ब्याचबाहेक उनीहरूभन्दा दुई वर्षअघि २०५६ मा भर्ना भएका गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेलसमेत एसएसपीका प्रमुख दाबेदार हुन् । उनीहरू ०७५ मा नै एसपी बनेका थिए ।

उनीहरूपछि एसपी भएकाहरूमा तुलबहादुर कार्की, राकेशसिंह राजीव बस्नेत, रामप्रकाश साह र केदार खनालसमेत एसएसपीका दाबेदार छन् ।

चौथो ब्याचामा बढुवा भएका जोशीसहित केही अधिकारीलाई बढुवा गरेर उनीहरूभन्दा तीन वर्षअघि एसपी भएकाहरू नै रोकिने अवस्था आएपछि बढुवा प्रक्रिया रोकिएको केही अधिकारी बताउँछन् । जोशी गृहमन्त्री लेखककै गृहजिल्ला कञ्चनपुरमा कार्यरत छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro