site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्यदर्शन सहकारीको मुद्दामा सरकारी वकिलले बहस गर्दै, आजै आदेश आउन सक्ने
Tiktok banner adTiktok banner ad

पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै छन् । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार, जवाफी बहसका लागि उच्च सरकारी वकिल र जिल्ला सरकारी वकिलको कार्यालयबाट कार्यालय प्रमुख आएका छन् ।

उच्च सरकारी वकिलको कार्यालयका प्रमुख गोविन्दराज गौली र जिल्ला सरकारी वकिलको कार्यालयका कार्यालय प्रमुख कमला काफ्लेले जवाफी बहस गर्ने लामिछानेले जानकारी दिए । जिल्लाको मुद्दा भए पनि यस अगाडि थुनछेक बहसमा महान्यायाधिवक्ताको कार्यालयबाट नै सरकारी वकिल आएर बहस गरेका थिए ।

न्यायाधीश नीतिज राईको इजलासमा उनीहरूको जवाफी बहस सकिएपछि बिहीबार नै आदेश आउन सक्ने स्रेस्तेदार खनालले जानकारी दिए ।

न्यायाधीश राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात प्रतिवादीको थुनछेक बहस जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीको जवाफी बहस पनि बुधबारै सकिएको थियो । प्रतिवादीका तर्फबाट कानुनी व्यवसायीको बहस सकिएपछि जवाफी बहस सुरु भएको हो ।

लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो । थुनछेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro