काठमाडौं । नेपालमा पहिलोपटक विज्ञापनसम्बन्धी आचारसंहिता लागु भएको छ ।
आइतबार काठमाडौंमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गरेका हुन् ।
३८ पृष्ठको आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ ।
सो क्रममा मन्त्री कार्कीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउनुपर्ने बताए । उनले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्त्वपूर्ण रहेको उल्लेख गरे । आचारसंहिताले आउँदो सातादेखि नतिजा दिन थाल्ने उनको भनाइ छ ।
विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका संघ–संस्थालगायत सरोकारवालासँग पटक–पटक छलफल गरिएको जानकारी दिए ।