site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मोरङमा सहकारीको ४६ लाख रकम हिनामिना गरेको आरोपमा कर्मचारी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित एक सहकारी संस्थाबाट रकम हिनामिना गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । स्थानीय कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकाका कर्मचारी विवेक खवासलाई ४६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

उनीमाथि ४६ लाख ८७ हजार ९२५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । प्रहरीसँगको प्रारम्भिक  बयानमा खवासले ३१ लाख रुपैयाँ हिनामिना गरेको स्वीकार गरेका छन् । तर, छानबिन समितिले ४६ लाख हिनामिना भएको आरोप लगाएको छ । 

खवासले सहकारी संस्थाको गोठगाउँ सेवा केन्द्रमा कार्यरत थिए । रकम हिनामिना भएको खुलेपछि सहकारीको सञ्चालक समितिका सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । 

खवासले ३१ लाख रुपैयाँ आउँदो भदौ १० गतेसम्ममा तिर्ने सहमति गरेका थिए । तर, हिनामिना रकमको परिमाण बढ्दै गएपछि सहकारीको तर्फबाट किटानी जाहेरी दिइएको थियो । खवासले १० लाख रुपैयाँ फिर्ता गरिसकेको संस्थाका सचिव सिग्देलले बताए । 

खवासले बचतकर्ताको रकम आफैँ किर्ते हस्ताक्षर गरी आफैँले राखेको बताइएको छ । सफ्टवेयरको प्रयोगबाट कारोबार हुने गरेकोमा खवासले नक्कली कागजात बनाएर रकम झिक्ने गरेको छानबिन समितिको अनुसन्धानबाट खुल्न आएको छ । सहकारीमा ८,००० सेयर सदस्य छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro