देश
काठमाडौं । महोत्तरीमा ‘अख्तियारको प्रहरी निरीक्षक हुँ’ भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँ बस्ने ३० वर्षीय रवि ठाकुरसहित तीनजना छन् ।
जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँस्थित किराना पसलमा रविले आफू अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै नगद माग गरी २ हजार २ सय भारतीय रुपैयाँ र १ हजार नेपाली रुपैयाँ लिएको पाइएको छ ।
प्रहरी चौकी नैन्हीबाट खटिएको प्रहरीले उनीहरूलाई दुई थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९ १२:४५
प्रतिक्रिया दिनुहोस्