बुटवल । लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । विभिन्न चरणका छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको ४२ अर्ब ६३ करोड रुपैयाँको बजेट आज प्रदेशसभाबाट पारित भएको हो ।
अर्थमन्त्री कृष्णध्वज खड्काले असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए ।
यस्तै, आज प्रदेश सभाबाट प्रदेश प्रहरीसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक पनि पारित भएको छ । समिति सभापति दामाकुमारी शर्माले प्रदेश सभामा प्रस्तुत गरेको विधेयक पारित भएको हो । यसैगरी खेलकुद ऐन २०७६ संशोधनसहित पारित भएको छ ।
प्रदेशसभामा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको समृद्धिका लागि नै आगामी वर्षको बजेट ल्यांइएको बताए । उनले बजेट कार्यान्वयनमा सबैलाई सहयोग गर्न आग्रह गरे ।
अर्थमन्त्री कृष्णध्वज खड्काले बजेटले जनताको जीवनस्तर उकास्ने दाबी गरे ।