site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानी जनतालाई अनावश्यक बत्ती नबाल्न आग्रह 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

टोक्यो । जापान सरकारले सोमबार राजधानी टोक्यो र त्यस वरपरका बासिन्दालाई कम बिजुली खपत गर्न आह्वान गरेको छ । साथै, सरकारले मुलुकमा तापलहर चल्नेबेला विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाएको छ । 

जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार अपरान्ह विद्युत्को माग अत्यधिक हुने आशा गरेको छ । मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने तर अत्यधिक गर्मीबाट बच्नका लागि अझै एयरकन्डिसन चलाउन सक्ने जनाएको छ । सरकारी अधिकारीहरूले तापक्रम बढ्दै गइरहेकाले केही सातासम्म विद्युत्को अभाव हुनसक्ने चेतावनी दिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सप्ताहन्तमा टोक्योको मध्यभागमा तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि गएको छ भने राजधानीदेखि उत्तर पश्चिममा रहेको सेसाकीमा तापक्रम ४०.२ डिग्री सेल्सियस सम्म पुगेको छ । 

जापानमा जुन महिनामा यति उच्च तापक्रम मापन भएको पहिलो पटक हो । जुनदेखि जापानमा गर्मीयाम सुरु हुन्छ । प्रायः यस महिना तापक्रम ३० डिग्री सेल्सियस भन्दा कमै रहने गर्दथ्यो । आइतबार मन्त्रालयबाट जारी गरिएको एक विज्ञप्तिमा अत्यधिक विद्युत् उत्पादन क्षमता सोमबार टोक्यो र अन्य वरपरका आठ वटा क्षेत्रमा ३ दशमलव ७ प्रतिशतले खस्कने जनाइएको थियो । 

Royal Enfield Island Ad

सरकारले जनतालाई स्थानीय समय अनुसार अपरान्ह तीन बजेदेखि तीन घन्टा अनावश्यक बत्ती निभाउन अनुरोध गरेको छ ।

गत मार्चमा आएको भूकम्पका कारण उत्तरपश्चिमी क्षेत्रका केही आणविक उर्जा भट्टीको नियमित सञ्चालन बन्द गर्न बाध्य भएयता जापानमा उर्जा आपूर्तिमा संकट देखापर्न थालेको हो । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १३, २०७९  २३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro