site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
१३ वर्षमा पक्राउ परेका व्यक्तिको रिहाइ 
Sarbottam CementSarbottam Cement

रियाद । मानव अधिकारवादी अभियन्ताहरूले साउदी अरेबियाले सरकार विरोधी प्रदर्शनमा भाग लिएको आशंकामा १३ वर्षको उमेरमा पक्राउ गरेको एक व्यक्तिलाई रिहाइ गरेको बताएका छन् । कुनै समय मुर्ताजा कुरेइरिसलाई मृत्युदण्ड सनुाइएको थियो । पछि आएर उनको सजाय आजीवन कारावासमा परिणत गरिएको थियो ।

सन् २०११ मा अरब वसन्त ऋतु क्रान्ति सुरु भएपछि लहरको रूपमा अरब जगतमा चलेको सरकार विरोधी जन प्रदर्शनमा सहभागी भएको अभियोगमा उनलाई सन् २०१४ मा गिरफ्तार गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

संभवत राजनीतिक प्रदर्शनमा संलग्न भए बापत पक्राउमा पर्ने कुरेइरिस साउदी अरेबियाकै सबैभन्दा कम उमेरका व्यक्ति हुन् । पुरानो भिडियो फुटेजमा उनी साउदी अरेबियाको पूर्वी प्रान्तमा अन्य बालबालिकासँगै साइकल चढेर जुलुसमा सहभागी भइरहेको देखिन्छ । यस प्रान्तमा प्रायः साउदीको अल्पमत सिया मुस्लिम समुदायको बसोबास छ । 

सुन्नी मुस्लिमको बाहुल्य रहेको साउदीमा लामो समयदेखि सिया समुदायले आफुहरूमाथि नराम्ररी भेदभाव हुने गरेको र दोश्रो दर्जाको नागरिकका रूपमा व्यवहार हुने गरेको गुनासो गर्दै आएको छ । 

Global Ime bank

अरव जगतभर फैलिएको आन्दोलनका क्रममा उनीहरूले पनि सडकमा ओर्लेर साउदी सरकारविरुद्ध प्रदर्शन गरेका थिए । ती प्रदर्शन सुरक्षा फौजले बल प्रयोग गरी दबाएको थियो । त्यस सिलसिलामा पक्राउ परेका मध्ये दर्जनौँ व्यक्तिलाई पछि मृत्युदण्ड दिइएको थियो ।

मानव अधिकारवादी समूहहरूले धेरै वर्षसम्म कुरेइरिसलाई मुद्दा नचलाईकन त्यसै थुनेर राखेको बताएका थिए । अन्ततः उनलाई एउटा उग्रवादी आतंककारी समूहको सदस्य भएको आरोप लगाउँदै मुद्दा चलाइएको थियो । 

उनलाई प्रहरी चौकीमा पेट्रोल बम प्रहार गर्ने आफ्नो दाजुलाई साथ दिएको पनि आरोप लगाइएको थियो । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC