site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट पछि हट्न आदेश
Sarbottam CementSarbottam Cement

किभ । युक्रेनका एकजना वरिष्ठ क्षेत्रीय अधिकारीका अनुसार युक्रेनी फौजलाई सेभेरोदोनेत्स्कबाट फर्कन आदेश दिइएको छ । सो क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिने उद्देश्यले यस पूर्वी सहरमा हप्तौँदेखि रुसी फौजले लगातार बमबारी गर्दै आएको छ । 

युक्रेनले लिसिचान्स्क सहर बाहेक लुहान्स्क पूर्ण रूपमा रुसको नियन्त्रणमा छोडेर पछि हट्न लागेको हो । रुसी भाषीहरूको बाहुल्य रहेको पूर्वी युक्रेनी क्षेत्रको लुहान्स्क रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि प्रमुख प्राथमिकताको विषय हो ।

Prabhu Bank
Agni Group
NIC Asia

दोनेत्स्क र लुहान्स्क मिलेर दोन्बास क्षेत्र बनेको छ । ठूलो औद्योगिक क्षेत्रको रूपमा चिनिने दोन्बासमाथि रुस समर्थित पृथकतावादी लडाकुहरूले सन् २०१४ देखि नै आँखा गाड्दै आएका हुन् । युक्रेनमाथि आक्रमण गर्नुको सफाइ दिने क्रममा रुसका राष्ट्रपति पुटिनले दोन्बासमा रुसी भाषीहरूको आम नरसंहार भइरहेको ‘झुठो’ दाबी गरेका थिए ।

बरु जथाभावी ढंगले बमबारी गरेर युक्रेनी जनताको आम संहार गरिरहेको आरोप अहिले युक्रेनले मस्कोलाई लगाउने गरेको छ । हालैमात्र सेभेरोदोनेत्स्कका सडकमा पनि भीषण भिडन्त सुरु भएको छ । रुसी फौजले यस सहरलाई युक्रेनी नियन्त्रणमा रहेका भूभागबाट अलग्याउने उद्देश्यले त्यहाँका सम्पूर्ण पुल ध्वस्त पारिसकेको छ ।

Global Ime bank

सबै क्षेत्रबाट रुसी फौजद्वारा घेरिनबाट जोगिन युक्रेनले फौजलाइ पछि हट्न आदेश दिएको बताइएको छ । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC