काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिस्ट्रारको रूपमा नियुक्त गरेको छ ।
सेयर निष्कासन बाँडफाँडपश्चात् कम्पनीको सेयर धनीको अभिलेख राख्न, सेयरको धितो बन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस सेयरहरूको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेज जस्ता सेयर रजिस्ट्रारको सेवा प्रदान गर्नका लागि मेगा क्यापिटललाई नियुक्ति गरेको छ ।
यसको लागि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड तथा मेगा क्यापिटल मार्केट्स लिमिटेडबीच सेयर रजिस्ट्रारसम्बन्धी सेवा उपलब्ध गराउनेबारे सम्झौता भएको हो ।
उक्त सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशबहादुर बम तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई एक लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको छ ।