site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
जनकपुर चुरोट कारखानामा प्रदेश सरकारको स्थायी संरचना !
SkywellSkywell

जनकपुरधाम । मधेस प्रदेश सरकारको स्थायी संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मा निर्माण हुने भएको छ । प्रदेश सरकारले जग्गा छनोटका लागि बनाएको उच्चस्तरीय समितिले स्थायी संरचना निर्माणको लागि ‘जचुकाली’कै ठाउँ सिफारिस गरेका हुन् ।

कारखानाको करिब ३५ बिघा जमिन छ । अब मधेश सरकारको प्रशासनिक भवन, मन्त्रालयहरू, मुख्यमन्त्री, मन्त्रीहरूको आवासका लागि स्थायी भौतिक संरचना कारखानाकै परिसरभित्रै निर्माण गर्ने उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । 

Dabur Nepal
NIC Asia

भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा रहेको समितिले विभिन्न स्थायी भौतिक संरचना निर्माणका लागि प्रदेशको राजधानी क्षेत्रमा पर्ने विभिन्न सार्वजनिक जग्गाहरूको तथ्यांक धनुषा र महोत्तरीका मालपोत र नापी कार्यालयसँग लिएर जग्गाको अवस्थाबारे अध्ययन गरेको थियो ।

ती जग्गाहरूमध्ये प्रदेश सरकारको प्रशासनिक तथा मन्त्रालयहरूको भवनको निर्माणको वातावरण तथा विभिन्न सुविधाको दृष्टिकोणले हाल रहेको जनकपुर चुरोट कारखनाको जग्गा उपयुक्त रहेकोले ती जग्गा नैै सिफारिस गरिएको समितिका संयोजक रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले जानकारी दिए । 

‘जचुकालि’ परिसरलाई मधेस प्रदेश सरकारले ‘मधेस भवन’ घोषणा गरिसकेको छ । हाल त्यसभित्र प्रदेश प्रमुखको आवास र कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेकका सबै मन्त्रालय, मन्त्रीहरूको आवास, मुख्यमन्त्रीको आवास र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सचिवहरूको आवास, अधिकृतहरूको आवासलगायत रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro