site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अधिवक्ता–न्यायाधीश ‘डिल’ : प्रधानन्यायाधीशको नाम मुछेर न्यायाधीशलाई घुस खान उक्साउँदै 
SkywellSkywell

काठमाडौं । घरजग्गा र वित्तीय क्षेत्रमा पहिचान बनाएका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ अहिले जेलमा छन् । सहकारी डुबाएको र सर्वसाधारणको अर्बौँ रकम ठगी गरेको अभियोगमा जेल परेका हुन् ।

उनै तामाङलाई जोगाउन नेपाल बार एसोसिएसनका निवर्तमान कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले न्यायाधीशसँग १० करोड रुपैयाँको ‘डिल’ गर्दै गरेको अडियो सार्वजनिक भएको छ । पोखरेल उनै अधिवक्ता हुन्, जसले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध इजलास बहिष्कारको आन्दोलन चलिरहेका बेला चोलेन्द्रशमशेरकै इजलासमा बहस गरेका थिए ।

पोखरेलले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई १० करोड घुस लिएर इच्छाराजलाई छोडिदिन डिल गरेको अडियो अहिले बाहिरिएको हो । न्यायाधीश कोइरालाले पटक–पटक इच्छाराजलाई छोड्ने कुरा सहज नभएको भन्दै बहस गरेर छुटाउन पोखरेललाई सुझाव दिएका छन् । तर, पोखरेलले न्यायाधीश कोइरालालाई न्याय परिषद्कै अध्यक्ष रहेका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई नै भनेर जोगाउने आश्वासन दिएका छन् ।

Dabur Nepal
NIC Asia

त्यतिभन्दा पनि नमानेका न्यायाधीशलाई अधिवक्ता पोखरेलले कारबाही हुने सर्वोच्च निकायलाई नै आफूले कुरा गर्ने भन्दै हौस्याएका छन् । “म माथि नै कुरा गर्छु, लिने कुरा पनि म लिन्छु । माथिबाट संकेत आयो भने गरिसेला, नत्र नगरिसेला ।”

त्यसपछि न्यायाधीश कोइरालाले धेरै पीडितहरूले हेरिरहेको र मिलाउने ठाउँ नभएको भन्दै यस विषयमा काम गर्न नसक्ने जवाफ फर्काएका छन् । पोखरेल भने अभियोजनकर्ता (सरकारी वकिल)ले नै कमजोर पारेर मुद्दा चलाएको दाबी गर्दै इच्छाराजलाई जोगाउनु सामान्य कुरा भएको जिकिर गरेका छन् । त्यसमा पनि पोखरेलले प्रधानन्यायाधीशसँग भनेर मुद्दा मिलाउने आश्वासन दिएपछि न्यायाधीश केही गलेर ‘त्यसो भए भन्न लगाउनुस्’ भनेका छन् ।

“प्रधानन्यायाधीशलाई भन्न लगाउनुहुन्छ ?,” न्यायाधीशले प्रश्न गर्दा ‘म भन्न लगाउँछु’ भन्दै पोखरेलले दाबी गरेपछि न्यायाधीश कोइरालाले भनेका छन्, “त्यसो भए एक नम्बरलाई नै भन्न लगाउनुस् न त, अनि त्यसपछि हुन्छ  !”

सार्वजनिक अडियोमा न्यायाधीशको भनाइ नटुंगिँदै पोखरेलले भन्न लगाउने आश्वासन दिएका छन् । “भन्न लगाएँ ल ! तपाईं आजै गर्नुस्, माथिबाट तपाईंलाइ संकेत आउँछ,” पोखरेलले भनेका छन्, “सामान म लिन्छु, तपाईं गर्नुस्, कुनै चिन्ता लिनु पर्दैन ।”

त्यसपछि उनीहरूबीच रकमसम्बन्धी कुरा हुन्छ । “कति भन्नु त ?,” न्यायाधीश कोइराला सोध्छन्, “हजुरले माग गरेको कति छ ?”

“१० करोड !” रुद्रप्रसादले भनेपछि न्यायाधीश कोइराला भन्छन्, “हुन्छ !”

‘हुन्छ’ भनेपछि न्यायाधीश कोइराला फेरि डराउँछन् ।

“१० करोडले जागिर नै छोड्नु त पर्दैन नि ?” न्यायाधीशको डर मेटाउन पोखरेलले ‘चिन्ता नलिन’ आग्रह गर्छन् । र, रुद्रप्रसाद भविष्यको योजना बुन्न थाल्छन् ।

“चिन्तै नगर्नुस् न, पर्दैन,” पोखरेलले न्यायाधीशलाई सिकाउँदै भन्छन्, “सधैँ यस्तो आउँदैन । अरू बेला सिद्धान्त छोप्नेओर्ने, एक–दुईवटा आइडिया निकालौँला न हामी ।”

न्यायाधीश थोरै हाँस्छन्, डराएर । त्यसपछि पोखरेलले दुई करोड ‘एडभान्स’मा लिने जानकारी गराउँछन् ।

त्यस्तो जानकारीपछि फेरि न्यायाधीश डराउँदै ‘मिडियाले सिध्याइदेलान्’ भन्ने चिन्ता व्यक्त गर्छन् । तर, पोखरेल मिडियाले केही नगर्ने बताउँछन् ।

“निक्षेपककर्ताले आन्दोलन गर्छन् कि ! पत्रपत्रिकामा आएर बबन्डर भयो भने ?,” फेरि न्यायाधीश डराउँदै भन्छन्, “बदर भयो भने ?”

त्यसपछि अधिवक्ता पोखरेल फेरि हावी हुन थाल्छन् । “कस्तो कुरा गर्नुहुन्छ ? पत्रपत्रिकामा आएर हुने हो र ? खुट्टै नटेक्ने भए छुट्टै कुरा, आफ्नै आधारमा गर्ने हो भने त हजुरहरूजस्तो न्यायाधीश के काम ? इस्युको आधारमा हेर्ने हो भने त तारिखमा छोड्नुपर्ने मुद्दा हो,” पोखरेल थप्छन्, “यसपछि उच्चमा जाने होइन । उच्चमा सरकारी वकिल जान्छन् । म सदर गराएर ल्याउँछु ।”

त्यसपछि पोखरेल हावी हुँदै फैसलामा लेख्ने र बचाउ गर्ने कुरा पनि फैसलामा लेख्ने भन्दै आफैँ विषय दिन थाल्छन् । “लेखौँला न हौ ! पार्सपोर्ट नदिने, विदेश जान नपाउने... हैन ?”

पोखरेलले प्रधानन्यायाधीशसँग समय लिने बताउँछन् । न्यायाधीश कोइराला प्रश्न गर्छन्, “प्रधानन्यायाधीशले भन्न त भन्छन् ?”

न्यायाधीशको प्रश्न नसकिँदै पोखरेल भन्छन्, “एकदमै हन्ड्रेड पसेन्ट । एक नम्बरलाई बोलाएर भन्नुपर्ने होइन त ?”

यत्तिकैमा घुस वार्ता सकिन्छ । फैसला भने त्यस्तो आउँदैन । बीचमा काठमाडौंका मुख्य न्यायाधीश र प्रधानन्यायाधीशबीच कुरा हुन सकेन वा अरू के भयो भन्ने विषय बाहिर आएको छैन । तामाङ अहिले पनि जेलमै छन् ।

वरिष्ठ अधिवक्ताहरू बारको कोषाध्यक्ष हुँदा पोखरेलले देखाएका हर्कतले अझै धेरै उनका डिलहरू भएको हुन सक्ने बताउँछन् । अडियोमा प्रधानन्यायाधीशलाई आफ्नो मुट्ठीको मान्छेजस्तो गरेको भन्दै आन्दोलनकै क्रममा उनको भूमिका शंकास्पद देखिएको उनीहरूको बुझाइ छ ।

“पहिला आन्दोलन गर्नुपर्छ भन्ने र हस्ताक्षर गर्ने, पछि आन्दोलनकै विरुद्ध तथानाम बोल्ने काम उनले गरेका थिए,” एक वरिष्ठ अधिवक्ताले भने, “त्यसपछि त उनले केही वरिष्ठसहितका अधिवक्ताको नाम लिएर यिनीहरूले घुस खुवाउन नपाएर आन्दोलन गरेका हुन्, प्रधानन्यायाधीशले यिनीहरूको घुस नखाइदिँदा समस्या भएको हो, अर्को प्रधानन्यायाधीश आएपछि यिनीहरूले घुस खुवाउँछन् भन्दै हिँडेका थिए ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu