site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एसिया रग्वी सेभेन्समा १७ टोली 

काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएको छ । जसमा पुरुषतर्फ १४ तथा महिलातर्फ आठ टोलीले भाग लिन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले बताए । 

यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यू–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यू–२० सेभेन्सको आयोजना गरिसकेको थियो । संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । 

Dabur Nepal
NIC Asia

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । प्रतियोगिताका लागि कुल ४५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउनेछन् । दुवै तर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउनेछन् । 

प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड २० लाख रुपैयाँ रहेको बताइएको छ । एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्दबहादुर घिमिरेले बताएका छन् । 

उनका अनुसार जारी प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्समा उक्लिनेछन् । संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्टलाई नियुक्त गरेको थियो । मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण र पोखरामा बन्द प्रशिक्षणमा छन् । 

यसै प्रतिस्पर्धाका लागि नेपालको १६ सदस्यीय महिला पुरुष टोलीको घोषणा भैसकेको छ । संघका महासचिव घिमिरेका अनुसार नेपालले यस प्रतियोगितामार्फत एसियाली वरीयतामा पनि सुधार गर्ने लक्ष्य राखेको छ । एसियामा नेपाल अहिले पुरुषतर्फ १० तथा महिलातर्फ छैटौँ वरीयतामा छन् । यसअघि एसिया रग्बीका खेल दशरथ रंगशालामा आयोजना नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन भएको चर्चा चलेको थियो । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष देवकोटाले नेपाल रग्बी संघ परिवारले प्रधानमन्त्रीलाई भेटेर विषय स्पष्ट पारिसकेको बताए । उनले भने, “यसअघि गलत सूचना पुगेको रहेछ । हामीले विश्वका अधिकांश स्थानमा फुटबल मैदानमा नै रग्बी खेल हुने गरेको तथ्य स्पष्ट पार्यौं । उहाँले विषय बुझिसक्नुभयो ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro