site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान दिवसमा छुट्ने भनिएका कैदीबन्दीको रिहाइ प्रक्रियामा ढिलाइ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । संविधान दिवसको अवसरमा छुट्ने भनिएका कैदीबन्दीको रिहाइ प्रक्रिया लम्बिएको छ । कारागार व्यवस्थापन विभागले रिहा हुनेहरूको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ । तर, गृहबाट ढिलाइ उनीहरू संविधान दिवसको दिन बिहीबार (भोलि) रिहा हुने छैनन् ।

असार ९ मा ६२० जनाको कैद कट्टा गर्ने भन्दै सार्वजनिक सूचना निकालिएको थियो । त्यसको दुई महिनापछि फेरि १७ भदौमा ४२० जनाको कैद कट्टा गर्ने भन्दै अर्को सूचना सार्वजनिक गरिएको थियो । रिहाइको सूचीमा रहेकाहरू संविधान दिवसको अवसरमा असोज ३ गते छुट्ने बताइएको थियो ।

कारागार व्यवस्था विभागका निर्देशक कमलप्रसाद पाण्डेले सबै प्रक्रिया पूरा नभएपछि केही दिन ढिला हुन गएको बताए ।

"संविधान दिवसकै दिन भोलि नै त छुट्न गाह्रो छ । तर, यही अवसरमा केही दिनमा छुट्छन्," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro