काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्नसहितको बिमा लेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बिमा योजना’ सार्वजनिक गरेको छ । सार्वजनिक गरेको बिमा योजनाअन्तर्गत बीमितले आफ्नो आवश्यकताअनुसार बिमा शुल्क भुक्तानी गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले बताए ।
साथै, सीमित समयको लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधि भर रक्षावरण पाउन सक्ने जानकारी गराए । योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने र नेपाली बजारमा अहिलेसम्मको गुणस्तरीय र उकृष्ट प्रोडक्ट रहेको कम्पनीले दाबी गरेको छ ।
बिमा योजनामा १६ वर्ष अवधिको बिमा लेखमा आधारभूत बिमा शुल्कको २ गुणा र २० वर्षको बिमा लेखमा आधारभूत बिमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेन्टीका साथ पाइन्छ । यस बिमालेखमा अतिरिक्त सुविधाहरू लिन चाहने बिमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पूरक करार सुविधाहरूसमेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
बिमा योजना १६ वर्षदेखि ४४ वर्ष उमेरसम्मको व्यक्तिले लिन सक्नेछन् भने बिमा समाप्ति उमेर ६० वर्ष हुने कम्पनीले जनाएको छ । बिमा योजनामा बिमा अवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६ वर्ष बिमा अवधिमा जम्मा पाँच वर्षसम्म मात्र बिमा शुल्क तिरे पुग्ने र २० वर्ष अवधिमा जम्मा ७ वर्ष मात्र बिमा शुल्क तिरे पुग्नेछ भने बिमा शुल्क भुक्तानी वार्षिक तिर्नुपर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।