देश
काठमाडौं । संखुवासभामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ आमबोटे बस्ने ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको हो ।
घरमा एक्लै बस्दै आएकी उनकाे चुलोको आगो सल्किएर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्