site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपर्‍यो : मन्त्री बडू
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं‌ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मकरूपमा मूल्यवृद्धि गर्नुपरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सोहीअनुरूप मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताएका हुन् । उनले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म मात्रै ५० अर्ब रुपैयाँ घाटा भएको बताए । 

इन्डियन आयल कर्पोरेसनलाई २२ अर्ब बक्यौता रहेको उल्लेख गर्दै कर्पोरेसनलाई तिर्नुपर्ने रकम बढ्दै जाने हुँदा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारे । उनले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा ऊर्जाको संकट निम्तिएको र पेट्रोलियम पदार्थको मूल्य बढेर आइरहेको बताए । 

मन्त्री बडूले सरकारले एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युत्को खपत बढाउन विद्युत् महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने नीति लिएको पनि बताए । उनले विद्युत् प्रयोग गर्ने उद्योगलाई विद्युत् महशुलमा छुट दिने सरकारको नीति रहेको पनि उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro