site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विचार पुगेन र समय मिलेन भने राम्रो कामको पनि प्रतिफल नराम्रो हुन्छ । नेपाली सवारी साधनको नम्बरप्लेटलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन अहिले अञ्चलको नाम लेखेर इम्बोस्ड नम्बरप्लेटमा परिवर्तन गर्न गरिएको अभ्यास पनि यस्तै प्रत्युत्पादक हुने देखियो । यातायात व्यवस्था विभाग र एउटा ठेकेदार कम्पनीबीच आगामी ५ वर्षभित्र २५ लाख सवारी साधनको इम्बोस्ड नम्बर प्लेट बनाई ठेकेदारले सरकारलाई बुझाउने सहमति भएको छ । सरकारले ठेकेदार कम्पनीलाई ४ करोड ३७ लाख ८७ हजार अमेरिकी डलर भुक्तानी दिनेछ । तर, यसरी अर्बौं रुपियाँ खर्च गरेर बनाउन लागिएको नम्बर प्लेटमा भने संघीय पद्धतिअनुसार प्रदेशको नाम नभई पुरानै प्रचलनअनुरूप अञ्चलको नाम लेखिनेछ । यसैगरी प्रस्तावित इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अंक र अक्षरमात्र लेखिनेछ । अर्थात्, इम्बोस्ड नम्बरप्लेट संघीयताविपरीत त हुने छ नै नेपालीमात्र लेखपढ गर्नसक्ने जनताले लागि पनि बुझ्नसक्ने छैनन् ।

स्पष्ट छ, अहिले अर्बौं रुपियाँ खर्च गरेर बनाइने नम्बर प्लेट प्रशासनिक दृष्टिले अनुपयुक्त हुने छ भने बहुसंख्यक नेपालीका लागि पनि सजिलो हुनेछैन । आगामी ६ महिनाभित्र देशमा प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रादेशिक सरकारहरूसमेत गठन भइसक्नेछन् । नेपालको प्रशासनिक पुनः संरचना हुनेछ । यसले सरकारी कार्यालयको मात्र हैन व्यक्तिको परिचय समेत बदलिनेछ । अब व्यक्तिको ठेगानामा प्रदेश, जिल्ला, स्थानीय निकायको नाम, वडा र गाउँ वा टोलको नाम हुनेछ भने सरकारी कार्यालयहरूमा प्रदेश, जिल्ला र स्थानीय तहको नाम रहनेछ । राज्यको अर्बौं रुपियाँ खर्च हुने निर्णय गर्ने अख्तियारी पाएका सरकारी अधिकारीलाई देशको प्रशासनिक संरचनामा आमूल परिवर्तन भएको थाहा नभएको त पक्कै हैन ।

Prabhu Bank
Agni Group
NIC Asia

अबको प्रशासनिक संरचना संघीय स्वरूपको हुने स्पष्ट थाहा हुँदाहुँदै पनि अञ्चलको नाम लेखेर इम्बोस्ड नम्बर प्लेट टाँस्न लगाइहाल्ने हतारको कारण बुझ्न सजिलो छैन । सामाजिक सञ्जालमा चर्चामा भएजस्तै भ्रष्टाचारबाटै प्रेरित भएर हतार गरिएको हो भने सम्बन्धित निर्णयकर्ताहरू सजायबाट उम्कनु हुँदैन । भ्रष्टाचारको नियत नभई गरिएको मूर्खता हो भने यस्तो निर्णय गर्नेलाई चेतावनी दिएर निर्णयको कार्यान्वयन हाल स्थगित गर्नु उचित हुनेछ । इम्बोस्ड नम्बरप्लेट लागु गर्न गरिएको हतार र नम्बरप्लेटबाट नेपाली अंक हक्षर हटाउने धृष्टता भ्रष्टाचार गर्ने नियतबाटमात्र भएको हो भने सम्बन्धित अधिकारीमाथि कारबाही  गरे पुग्ला । संघीयतालाई अप्ठेरोमा पार्ने एवं नेपाली अंकअक्षर मास्ने पनि नियतले यो निर्णय गरिएको हो भने त्यो केही अर्ब भ्रष्टाचारको मामिलाभन्दा बढी गम्भीर आपत्तिजनक देखिन्छ ।

यातायात व्यवस्था विभागकै उच्च अधिकारीहरूले यस निर्णयप्रति असन्तुष्टि प्रकट गर्नुले पनि यसमा कतै न कतै खोट लुकेको शंका नै हुन्छ । इम्बोस्ड नम्बरप्लेट लागु नगरेर ठेकेदारलाई हर्जाना तिर्नुपर्ने भएकाले कार्यान्वयनमा गर्न हतार गरिएको हो भने पनि त्यसमा सुधार त गर्नैपर्ने हुन्छ । नयाँ संरचनाअनुसार प्रदेशको नाम लेख्ने र नेपाली अक्षर र अंक अनिवार्य गरी अंग्रेजी अंक अक्षर पनि उल्लेख गर्ने गरी सुधार गरिएमा यो निर्णय लागु गर्दा खासै आपत्ति हुनेछैन । यद्यपि, नम्बरप्लेट फेर्दा व्यक्तिको पनि हजारौं रुपियाँ व्यर्थमा खर्च हुनेछ । यो नागरिकमाथि अनावश्यक र अतिरिक्त व्ययभार हो । यसैले अञ्चलको नाम लेखिने र नेपाली अंक अक्षर नलेखिने नम्बरप्लेट लागु गर्ने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छ । राज्यको ढुकुटी र जनताको खल्तीबाट अर्बौं रुपियाँ खर्च गरेर केही कमिसनखोर नेता एवं कर्मचारी तथा ठेकेदार पोस्ने कार्यलाई प्रश्रय दिनु सरकारका लागि आत्मघाती हुनेछ ।  
     

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १२, २०७४  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC