site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बन्दैन, अब सरकारी कार्यालयमा नेपाली बिस्कुटमात्र प्रयोग हुन्छ'
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि प्रधान देशले वार्षिक साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा अर्थमन्त्री शर्माले देशमा साढे तीन खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिने गरी आएको पनि दाबी गरे । मन्त्री शर्माले सरकारी कार्यालयहरूमा विदेशबाट आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग गर्नुपर्ने नीति आएको
बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले सरकारी कार्यालयहरूका विभिन्न बैठकहरूमा नेपाली बिस्कुट नै प्रयोग गर्न आग्रह पनि गरे । 

"सरकारी कार्यालयहरूमा नेपाली बिस्कुटमात्रै खाने नीति बनाएका छौँ । विदेशी बिस्कुटहरू खाइरहेका हुन्छौँ, अबदेखि नेपाली बिस्कुट नै खानुपर्ने भन्ने कुरा गरिएको छ । वार्षिक साढे तीन खर्बको खाद्यवस्तु नेपाल आइरहेको छ । कृषिप्रधान देशले साढे ३ खर्बको खाद्यवस्तु विदेशबाट ल्याएर खायो भने देश बनाउन सक्छौँ ? त्यसकारण देशको उत्पादनलाई प्राथमिकता दिने
गरेर अहिलेको नीति तथा कार्यक्रम ल्याइएको छ," अर्थमन्त्री शर्माले भने ।

Royal Enfield Island Ad

पछिल्लो समय पेट्रालियम पदार्थमा बढेको मूल्यवृद्धि सरकारले नभई अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आएको समस्या र अन्तर्राष्ट्रिय स्तरमा भएका युद्धहरूको प्रभावका कारण मूल्य बढेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro