site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच वर्षपछि बल्ल पुल बनाउन थालियो, बर्खामा यात्रुलाई सास्ती

जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षाका समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ ।

यस क्षेत्रमा हल्का पानी परेमा यातु घण्टौँ रोकिनुपर्छ । असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारीसाधनलाई खोला वारपार गर्न कठिनाइ हुने गरेको हो । 

विसं २०७३ भदौ १६ गते आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुङ्गे पुल बगाएपछि बेनी–जोमसोम सडकको यात्रा कठिन र जोखिमपूर्ण हुँदै आएको छ । पाँच वर्षपछि बल्ल चालु आर्थिक वर्षमा बेगखोलामा पुल निर्माण थालिएको छ । पुल निर्माण अझै दुई वर्ष लाग्ने आयोजनाले जनाएको छ । 

बिहीबार साँझदेखि भएको अविरल वर्षाका कारण बेगखोलामा पानीको सतह बढेको छ । खोलामा पानीको सतह बढेपछि रोकिएका सवारीसाधन शुक्रबार बिहानदेखि भने जोखिम मोलेर गन्तव्यतर्फ लागेका थिए । बाढीका कारण दैनिकरूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन तथा पैदलयात्रु बाटोमै अलपत्र पर्ने गरेका छन् । बाढीले पुल बगाएको छ वर्षसम्म पनि अस्थायी संरचनासमेत बन्न नसक्दा वर्षाको समयमा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका हुन् ।

खोलामा बाढी आएपछि वैकल्पिक मार्ग नहुँदा सवारीसाधन र यात्रु ज्यानकै जोखिम मोलेर खोला वारपार गर्न बाध्य हुनुपरेको गुनासो छ । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro