site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धादिङमा स्थानीयले लुटे ट्रकबाटै रासायनिक मल 
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धादिङको धार्केमा स्थानीयले राजमार्गमै ट्रकबाट रासायनिक मल खोसेर लगेका छन् ।

भन्सार छलेर ल्याएको दुई ट्रक मल शनिबार राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर काठमाडौं ल्याइरहेको अवस्थामा स्थानीयले बाटोमै लुटेका हुन् । धार्केबजारबाट उक्त मल स्थानीयले खोसेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीयले दुईवटा ट्रकमा रहेको मल कब्जा गरेको बताइएको छ । अहिले ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

उनले राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीसँग घटना र मलबारे जानकारी लिने काम भइरहेको बताए ।

Global Ime bank

सो मल भारतबाट अवैध रूपमा ल्याइएकोले नियन्त्रणमा लिइएको बताइएको छ । ट्रकमा सशस्त्र प्रहरी पनि सवार रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय