site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विनियोजन विधेयक पारित : बजेटको खर्च कटौतीका २३ प्रस्ताव अस्वीकृत 
फाइल तस्बिर ।

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटअन्तर्गत विनियोजन विधेयक प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

बजेटमाथि सांसदहरूले विभिन्न मन्त्रालय र विभाग शीर्षकका खर्च कटौतीको माग गर्दै दर्ता भएका २३ प्रस्ताव अस्वीकृत भएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, शिवमाया तुम्बाहाङ्फे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, जुलीकुमारी महतो, आशाकुमारी विक, नरबहादुर धामी, भानुभक्त ढकाल, वसन्तकुमार नेम्वाङ, पद्माकुमारी अर्याल, विमला विक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्यप्रसाद पाठक, भीमबहादुर रावल, नवराज सिलवाल, दीपकप्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले खर्च कटौतीका प्रस्ताव दर्ता गराएका थिए । उनीहरूले आफूले दर्ता गराएको प्रस्ताव फिर्ता लिन समय दिँदा फिर्ता नलिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

उनीहरू सबैका प्रस्ताव बहुमतबाट अस्वीकृत भएपछि अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभाको बहुमतले पारित गरेको हो । 

योसँगै विधेयक राष्ट्रियसभामा पठाइएको छ । राष्ट्रियसभाबाट पारित भएपछि संसद् सचिवालयले राष्ट्रपतिसमक्ष पठाउँछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro