अर्थ व्यवसाय
विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि निर्वाचित सांसदलाई १ करोड र समानुपातिक सांसदतर्फ जनही ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।
तर, आगामी आर्थिक वर्षका लागि भने सबै ९० जना सांसदलाई १ करोडका दरले ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रदेश १ को ९३ सदस्यीय प्रदेश सभामा अहिले ९० जना सांसद कायम छन् ।
प्रकाशित मिति: बुधबार, असार १, २०७९ १९:५४
प्रतिक्रिया दिनुहोस्