काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स (एसएलआई)ले बागमती प्रदेश स्तरीय बिजनेस बिल्डिङ सेमिनार आयोजना गरेको छ । सेमिनारमा करिब ३०० भन्दा बढी आभिकर्ताहरूको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
एसएलआई बागमती प्रदेश प्रमुख सुशील चापागाईंको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले गरेको थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकाल, कामु सहायक महाप्रबन्धक मेघेन्द्र प्रकाश गिरी, ट्रेनिङ प्रमुख प्रमोद सापकोटा लगायत पेशागत अभिकर्ता संघका अध्यक्ष राम बहादुर तामाङको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा २०२३ को ‘एमडीआरटी’हरूलाई सम्मान गर्दै, चौथो त्रैमासिकमा हालसम्म बागमती प्रदेश अन्तर्गत आफ्नो व्यक्तिगत कोडमा अधिकतम बिमा शुल्क हसिल गर्न सफल २५ जना अभिकर्ताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।
यस्तै देशैभरीबाट बैशाख महिनाको स्किममा पर्न सफल अभिकर्ताहरूबाट लक्की ड्र गरी ३ जना विजेताको घोषणा गरिएको कम्पनीले जनाएको छ । लक्की ड्रमा भैरहवा शाखाबाट शोभा जिसीले प्रथम पुरस्कार ल्यापटप, दमक शाखाबाट नितु गौतमले द्वितीय पुरस्कार ट्याब्लेट, वालिङ शाखाबाट रन्जिता बुढाथोकीले तृतीय पुरस्कार मोबाइल जित्न सफल भएको जनाइएको छ ।