site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा लम्ब्याइँदै
सांकेतिक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् ।

विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढ्न थालेपछि लामो बिदाबाट मिलान गर्ने गरी बिदाको अवधि थप गरिएको उनले बताए ।

नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्रसमेत गरिएको छ । “गर्मी अत्यधिक बढिरहेकाले मौसम प्रतिकूल रहेका कारण विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई मध्यनगर गर्दै बिदा थप गरेका छौँ,” उनले भने ।

गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् ।

वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसोको बेला बाह्य क्षेत्रमा हिँड्डुल गर्नसमेत निकै अप्ठेरो हुने गरेको छ । गर्मीका कारण बजार क्षेत्रमा हुने चहलपहलमा समेत निकै कमी आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  २२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro