काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय श्री जनशील आमा समूहकी अध्यक्ष नीरमाया पुन गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बिमाप्रतिको जानकारी र आकर्षण बढ्ने बताइन् ।
२६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सको धवलागिरी क्षेत्रीय प्रमुख जमुना आचार्यले बिमासम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।
महालक्ष्मी लाइफले युवा वर्गमा बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट सञ्चालनमा ल्याएको थियो ।