site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सांसद अमरेश सिंहको प्रस्ताव– उपसभामु्ख पद खारेज गरौँ 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजी गर्न प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद सिंहले उपसभामुख पदलाई लामो समयदेखि हेपिएको भन्दै खारेज गर्नु उपयुक्त हुने बताए । 

“यदि, उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,” सिंहको प्रश्न गरे, “जुन पदको महत्त्व छैन, चयन गर्नुपर्ने आवश्यकता पनि छैन भने किन राखिरहने ?” उनले लामो समय देखि उपसभामुख पद रिक्त रहँदा पनि त्यो पदपूर्तिको आवश्यकता कसैले महसुस नगरेको भन्दै व्यांग्यात्मकरूपमा यस्तो प्रस्ताव राखेका हुन् । 

Agni Group
NIC Asia

२०७६ माघ १२ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था विपरित विगतमा दुवै पद नेपाल कम्युनिस्ट पार्टी नेकपाले चलाएका थियो । 

दुवै पद एकै पार्टीले लिन नमिल्ने भए पनि अग्नि सापकोटा सभामुख बन्नुअघि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएकी हुन् । त्यसयता, उपसभामुख नियुक्तिको विषय राजनीतिक दलहरूका बन्द छलफलमा लेनदेनका लागि बार्गेनिङको मु्द्दामा सीमित छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय