site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सोमालियामा खडेरीका कारण खाद्यान्नको चरम अभाव 

 सोमालिया । सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरीका कारण पनि खाद्यान्नको अभाव हुँदै गएको पाइएको छ । 

यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरू देखिएका राष्ट्रसंघीय अधिकारीहरूले बताउँदै आएका थिए । जसका कारण यहाँका बालबालिकामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको छ । 

सोमालियाको यो अवस्थाका बारेमा सोमालियाली सरकार र राष्ट्रसंघीय अधिकारीहरूले शनिबार जानकारी गराएका हुन् । उनीहरूले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव र नागरिकहरू कुपोषणको शिकार हुने अवस्था रहेको पनि उनीहरूले जनाएका छन् । 

सोमालियामा खाद्यान्न लगायतका सहयोग गर्दै आएका निकाय, दाता राष्ट्र तथा राष्ट्रसंघद्वारा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा सोमालियाको वर्तमान अवस्थाका बारेमा जानकारी गराइएको छ । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro