site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हरेक महिना समन्वय समितिको बैठक बस्छौँ : मेयर शाह 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । काठमाडौं महानगरको एकीकृत एवं समन्वयात्मक विकास प्रणाली विकास गर्न निकायगत रूपमा हरेक महिनाको पहिलो सोमबार समन्वय समितिको बैठक बस्ने भएको छ । 

काठमाडौंको विकासमा साझेदार गर्न महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, दूरसञ्चार प्राधिकरण, सडक विभाग, मेलम्ची खानेपानी आयोजना लगायतका निकायहरूको बैठक बस्ने भएको हो । 
महानगरका अनुसार आगामी सोमबार बस्ने बैठक दिनको ३ बजे बस्नेछ । बैठकमा विकास साझेदार कार्यालयका व्यवस्थापन र कार्यकारी भूमिकामा रहेका पदाधिकारी उपस्थिति रहनेछ । 

त्यस बैठकले चालु योजना कार्यान्वयनको समीक्षा गर्नेछ । यसैगरी, एकीकृत कार्यक्रमबाट सञ्चालन गर्न सकिने योजनाको यकिन गर्नेछ । यसबाट सहरी पूर्वाधार तथा सेवा वितरणमा देखिएका समस्या समाधान हुनेछ अपेक्षा गरिएको छ । 
विभिन्न निकायसँगको समन्वय गर्न शुक्रबार महानगरका मेयर बालेन्द्र साहको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको थियो । 
साहका अनुसार कानुनी तथा व्यावहारिक पक्ष, प्रबन्ध, संयोजन तथा समायोजन गर्नुपर्ने पक्षलाई व्यवस्थित गर्न यस प्रकारको बैठक बस्न लागिएको छ । विकास निर्माणका कामलाई व्यवस्थित गर्न र सेवाप्रवाहलाई पारदर्शी बनाउन समन्वय बैठक प्रभावकारी हुने शाहको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu