site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचार र मूल्यवृद्धि रोक्न माग गर्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । भ्रष्टाचार, मूल्यवृद्धि र जनजीविकाको सवालमा राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

राप्रपाले हिन्दुराष्ट्र, राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचारको अन्त्य, महङ्गी नियन्त्रणलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दाका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

Dabur Nepal
NIC Asia

बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउन तथा जनजीविकासँग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्ने र त्ययसका लागि उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो । 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको समितिको पहिलो बैठकले विभिन्न मागहरू समावेश गरी राप्रपाले आगामी असार १ गते ७६ जिल्ला र ७ वटा प्रदेशमा जिल्ला प्रशासन कार्यालयमार्फत र काठमाडौंमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय भएको समितिका संयोजक बुद्धिमान तामाङले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  १०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro