site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यका नीतिअनुसार गरेका काम र उपलब्धिहरू वार्षिक प्रतिवेदन समेट्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद्को संयुक्त समितिले राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरूलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन संयुक्त समितिले मुख्यसचिव एकनारायण अर्यालमार्फत सरकारलाई ध्यानाकर्षण गराएको हो । बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले राज्यका नीतिअनुसार गरेको काम र उपलब्धिहरू वार्षिक प्रतिवेदनमा नसमेटिएको बताए ।

उनले २०७९/८० को वार्षिक प्रतिवेदनमा जातजाति र भाषाभाषीबीच पारस्परिक सम्बन्ध विस्तार गर्ने, राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरूलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने तथा पूर्वकर्मचारी, सैनिक लगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा समुचित उपयोग गर्ने विषय नसमेटिएको उल्लेख गरे ।

अब बन्ने प्रतिवेदनमा यी विषयहरूमा गरिएका काम र प्राप्त उपलब्धि उल्लेख गर्न निर्देशन समेत दिए ।

उनले भने, "यो आर्थिक वर्षको अन्त्यसम्म गत वर्षका वार्षिक प्रतिवेदनहरू र समिति बनिसकेपछिको कामको समेत मूल्यांकन हामीले सदनमा पेस गर्नुपर्ने छ । त्यो तयारीमा हामी आजैदेखि जुट्छौँ । मुख्यसचिवलाई हाम्रो ध्यानाकर्षण के छ भने २०७९/८०को प्रतिवेदनमा संविधानको  धारा ५१ बमोजिम तीनवटा विषय विभिन्न जातजाति, भाषाभाषीबीच पारस्परिक सम्बन्ध विस्तार गर्ने, राष्ट्रिय आवश्यकताअनुरुप नागरिकहरूलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने र पूर्वकर्मचारी, सैनिक लगायतका पूर्वराष्ट्र सेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्रहितमा समुचित उपयोग गर्ने । यो तीन वटा विषय राज्यका नीतिभित्र छ ।  यो वर्षको प्रतिवेदन बन्दै गर्दा यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु ।"

बैठकमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले राज्यका सिद्धान्त नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि समिति अझै सक्रिय हुनुपर्ने बताए । उनले नीति तथा सिद्धान्त नै राज्यको सञ्चालक भएको उल्लेख गर्दै यसको कार्यान्वयन भए÷नभएको अनुगमन समितिले गर्नुपर्ने जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro