site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वामदेव गौतम भन्छन्– एमालेमै जाँदै छु
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एमाले)मै फर्किने भएका छन् । आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीसँग फोनवार्ता भएको थियो । फोन वार्तापछि उनले आफू एमालेमा नै जान तयार भएको प्रतिक्रिया दिएका हुन् ।

“आज बिहान ओलीजीसँग फोनवार्ता भएको थियो । कुरा सकारात्मक भएको छ,” उनले भने । 

उनले दुई वर्षदेखि एमाले नै फर्कन आफू तयार रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए । “एमालेमा फर्कन दुई वर्षदेखि प्रयास गरेको थिएँ । पहिले तयार हुनुभएन । अहिले तयार भएर खबर गर्नुभएको छ,” उनले बाह्रखरीसँग भने ।

केहीयता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गर्ने गरी पनि छलफल भएको थियो । तर, जिम्मेवारीबारे कुरा नमिल्दा उनी एमाले नै जान तयार भएका हुन् ।

“एकीकृत समाजवादीमा जाने नै मनस्थिति बनाएको पनि थिएँ । मेरा कुरा उहाँहरूले ग्रहण गर्नुभएन,” उनी भन्छन् । 

गौतमले पार्टी प्रवेश गर्न सक्रिय भूमिका माग गर्दै आएका छन् । ओलीले भने पहिले पार्टीमा आएपछि मात्रै जिम्मेवारी दिने वचन दिएका छन् । 

“धेरै साथीहरूले, घरपरिवारका साथीहरूले एमाले नै जानुपर्छ भनेपछि म एमालेमा जाने भएको छु,” उनी भन्छन्, “ओजीले पहिला आउनुस् न, यहाँ आएपछि अपमान गर्छौं ? भन्नुभएको छ ।”

एमालेका तत्कालीन उपाध्यक्ष गौमतले ०७८ भदौ १८ गते राजीनामा बुझाएका थिए । उनी तीन वर्षपछि फेरि एमाले फर्कन लागेका हुन् । केही दिनमा नै एमाले प्रवेश गर्ने उनको तयारी छ । उनी निकट केही नेता भने नेकपा (माओवादी केन्द्र) प्रवेशको तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro