site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अलिकति उज्यालो  
Sarbottam CementSarbottam Cement

सूर्य वि.क. ‘शुभचिन्तक’

जनता हुन् कि नेता 
आखिर दोषी को ? 
भन्छन् हामीलाई के थाहा 
आखिर दोषी को ? 

घरघरमा सिंहदरबार आउँदासम्म पनि 
काम गर्ने स्वतन्त्रता पाउँदासम्म पनि 
न त जनताको दैनिकीमा परिवर्तन आए
न जनताले विकासको आभास पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

एजेन्डा र भिजनका कुरा नभएको बेला
पुरानै प्रतिबद्धता पूरा नभएको बेला
फेरि उही पुरानै अनुहार दोहोरिएका छन्  
फेरि तिनकै सरकार दोहोरिएका छन् । 

निर्वाचनको संघारमा आश्वासनका भाषण 
पाँच दिन नमस्कार गरी पाँच वर्ष शासन  
पचास रुपैयाँ कर तिर्न पाँच सय रुपैयाँ खर्च 
अब त आस मरिसक्यो, विकास कसले गर्छ ?

Global Ime bank

सोच्छु टाउकामा हात राखेर 
स्मरण गर्छु आफ्नै विगतलाई 
खुट्टा ढोग्दै हजार भेटी चढाएकै भरमा 
भोट दिएकै परिणाम भोगिरहेछु ।

पाँच वर्षको भोगाइले मन जलाएको छ 
अलिकति उज्यालो आउने आस पलाएको छ । 

गल्ती मेरोे पनि थियो तिम्रो पनि 
अब सच्चिनु छ एकजुट बनी 
दिनु छैन कसैलाई प्रलोभनमा भोट
नत्र फेरि खानुपर्छ चोटमाथि चोट । 

अब त भोलिको पनि हेर्नु छ
विगतमा लागेको घाउमा 
नुन छर्नेलाई हैन
मलहम पट्टी गर्नेलाई छानौँ
नातावाद र कृपावादलाई हैन
विकासवाद र समाजवादलाई मानौँ 

पदका लागि विचार बदल्नेहरूसँग होसियार
एकनासले सधैँ नचल्नेहरूसँग होसियार 
तब मात्र खुल्न सक्छ हाम्रो तेस्रो आँखा 
अनि, सबैले गाउनुपर्छ परिवर्तनका भाका  
नदेखेर खोट, हेरी कालो कोट 
यदि, फेरि हामीले बेच्यौ भने भोट 

न आउँछ किरण न त छाउँछ उज्यालो 
न हुन्छ विकास न आउँछ परिवर्तन चम्किलो । 

त्यसैले अब प्रण गरौँ
अलिकति भए पनि उज्यालो ल्याउन 
आजैबाट 
आफैँबाट सुरुवात गरौँ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement