site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनुषामा जरायोको सिङसहित दुईजना पक्राउ
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषामा जरायोको सिङसहित दुईजना पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ मा जरायोको सिङसहित दुईजना पक्राउ परेका हुन् । 

महोत्तरीको महोत्तरी गाउँपालिका ३ वस्ने २० वर्षीय रितेशकुमार पाण्डे र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का २० वर्षीय सोनुकुमार पाण्डे पक्राउ परेको प्रहरी नायव उपरीक्ष प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार जरायोको सिङ सोनुकुमारले शरीर र रितेश बोरामा लुकाएका थिए । जरायोको सिङ लिएर सशपाल साहको खाली जग्गामा मोटरसाइकल रोकेर कुराकानी गरिरहेको अवस्थामा गोप्य सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । 

उनीहरूले सिङ खरिद बिक्री गरेको शंका पनि गरिएको छ ।

Global Ime bank

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले उनीहरू सवार ज.९प.२७३ नम्बरको मोटरसाइकल, जरायोको सिङ र एउटा काटिएको कालो रंगको जरायोको सिङ बरामद गरेको हो ।

अहिले उनीहरू धनुषा प्रहरीको हिरासतमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement