काठमाडौं । इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण सोरुमको सुभारम्भ गरेको छ । जेठ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन नव दुर्गा पशुपालन तथा कृषि फार्मले गर्ने जनाएको छ ।
सोरुम उद्टनमा डिशहोमका तर्फबाट क्षेत्रीय सेल्स म्यानेजर निर्मल आर्चाय र सेल्स अफिसर कमल रिमाले उपस्थिति रहेको थियो । डिलरका तर्फबाट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थिति रहेको थियो ।
विगतदेखि नै डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरूमाझ पुर्याउँदै आएका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।
तीन सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका नव दुर्गा पशुपालन तथा कृषि फार्मले अब अझ बढी ग्राहकहरूको माझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने नव दुर्गा पशुपालन तथा कृषि फार्मले सञ्चालकले जानकारी दिए ।