site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार अग्रज पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार

विराटनगर । प्रदेश नम्बर एक सरकारले तीन चारजना अग्रज पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । 

सम्मानित हुनेमा झापाका लीला बराल, धनकुटाका सञ्जयसन्तोषी राई, स्मिता निरौला र सुनसरीका कृष्णविनोद लम्साल छन् । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । 

प्रदेश राजधानी विराटनगरमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कृत पत्रकारहरूलाई दोसल्ला ओढाई सम्मानसमेत गरे । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले लोकतन्त्र प्राप्तिसँगै देश विकासको लागि सञ्चार जगतको सकारात्मक भूमिका आवश्यक रहेको चर्चा गरे । 

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर एकले समन्वय गरेको कार्यक्रममा अध्यक्ष लीलाबल्लव घिमिरे र महासचिव विवेक गौतमले प्रदेश सरकारले सञ्चार क्षेत्रको योगदानको कदर गर्ने परिपार्टी बसाल्नु उदाहरणीय कार्य भएको बताए । कार्यक्रम सञ्चारमन्त्री उपेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro