site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाले भने– पेट्रोलियममा अझ समस्या आउन सक्छ, पेट्रोल, डिजेल र एलपीजीमुक्त देश बनाऔं 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पेट्रोलियम पदार्थमा थप सहुलियतको खोजी गर्न सरकारलाई आग्रह गरेका छन् । संसद्मा एमाले सांसद विशाल भट्टराईले प्रस्तुत गरेको महंगीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले अहिलेको पूर्वाधार कर छुटले मात्र जनताको समस्या समाधान हुन नसक्ने बताए । 

“कोभिड र रुस युक्रेन युद्धको प्रभावले पेट्रोलियम पदार्थका मूल्यवृद्धि भएको छ । आउँदा दिनहरू अझ चुनौतीपूर्ण छन्, यसलाई हल्कारूपमा नलिनका लागि म प्रधानमन्त्रीलाई आग्रह गर्दछु,” थापाले भने, “यसले अझै अस्तव्यवस्ता आउन सक्छ । युद्धको जस्तो सोच राखेर ‘वार स्पीरिट’मा काम गर्नुपर्ने आवश्यकता छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले पूर्वाधार कर हटाएको भन्दै त्यसबाहेक पनि मूल्य घटाउन र सहुलियत दिने काम गर्न आग्रह गरे । “पूर्वाधार कर हामीले हटायौँ, पूर्वाधार कर कसले लगायो ? भन्यो भने धेरै कुरा खुल्छ, त्यतातिर नलागौँ,” थापाले भने, “सडक निर्माण कर छ । अन्य के–के कुरा हुन सक्छन् । तर, अहिले तत्काल जनताले सहुलियत महसुस गर्नेगरी मूल्य घटाउन आवश्यक छ ।” 

उनले अहिलेसम्म एक हप्ताका लागि मात्र स्टोरेज क्यापासिटी रहेको भन्दै क्रड आएर किनेर प्रशोधन गर्दा थप महँगो पर्नेतर्फ पनि सचेत गराए । “क्रुड आयल किनेर भारतबाट ल्याउँदा, प्रशोधन गर्दाभन्दा थप महँगो पर्न सक्छ, अन्यत्र कतै डिपो राखेर पनि गर्न सकिन्छ कि भनेर लाग्नुप¥यो,” उनले भने, “तर, पेट्रोल, डिजेल, एलपीजी मुक्त देश बनाउन आजैदेखि लागौँ । १० वर्षका लागि महत्त्वाकांक्षी घोषणा गरौँ ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro