site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दिक्तेल बजारको अलपत्र सडक ढलान सात दिनभित्र सुरु गर्न पत्राचार
Siddhartha BankSiddhartha Bank

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको अलपत्र सडक ढलान पुनः सुरु गर्न सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीलाई पत्राचार गरेको छ ।  निर्माण कम्पनी सूर्य कन्ट्रक्सन विकास निर्माण सेवा जेभीले दिक्तेल बजारको सडक ढलानको जिम्मा लिएर निर्माणाधीन अवस्थामै अलपत्र छाडेकाले सात दिनभित्र पुनः सुरु नगरे कानुनी कारबाही गर्ने चेतावनी दिँदै नगरपालिकाले पत्राचार गरेको हो ।

लामो समयदेखि सडक ढलान कार्य रोकिँदा यातायातका साधन अवरुद्ध हुनुका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएकाले लिखितरूपमा आग्रह गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । दिक्तेल बजारस्थित मानवअधिकार चोकबाट त्रिवेणी चोकसम्मको सडक ढलान रु तीन करोड ९३ लाख ४४ हजारमा ठेक्का आह्वान गरिए पनि निर्माण कम्पनीले करिब ४२ प्रतिशत कम रकम रु दुई करोड ७० लाख ४० हजार १७९ मा ठेक्का पारेको थियो । 

Agni Group
NIC Asia

साँघुरो सडक तथा पुरानो भौतिक संरचना रहेको दिक्तेल बजारको सडक विसं २०७८ मङ्सिर १० गते ढलानको सम्पूर्ण काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७८ असार ९ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गा र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । 

दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजारको सरस्वती माध्यमिक विद्यालयको प्रवेशद्धार अगाडिसम्मको सडक ढलान गरेर अलपत्र छाडिएको उक्त सडकको निर्माण अवधि गत मङ्सिर १० गते नै सकिएको छ । त्यसपछि विश्वभर फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण देखाउँदै चार महिनाको म्याद थपिएको थियो । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय