site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा विमान परिचारिकाको दाँत भाँच्ने महिलालाई १५ महिना जेल
SkywellSkywell

सान डिएगो । साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । सान डिएगोका संघीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार ५०० डलर जरिवाना तिर्न आदेश दिएका छन् ।

न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् । उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

Dabur Nepal
NIC Asia

गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेन्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक परिचारिकालाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

गएको साता अदालतमा पेस गरिएको पत्रमा क्विनोनेजले उडान परिचारिकालाई कुटपिट गरेकामा माफी मागेकी छन् । नकारात्मक ध्यानाकर्षणका कारण आफू निराश र अपमानित भएको बेला उक्त घटना भएको उनले उल्लेख गरेकी छन् ।

उडानका क्रममा परिचारिकाले क्विनोनेजलाई सिट बेल्ट लगाउन, सिटको अघि रहेको ट्रे टेबल बन्द गर्न र उनले लगाएको अनुहारको मास्कलाई उपयुक्त ढंगले लगाउन आग्रह गरेकी थिइन् । तर, उनले आफ्नो फोन ती परिचारिकाको फिल्म बनाउन प्रयोग गरिन् र उनलाई धकेलेर मुक्का प्रहार गरिन् ।

उनले परिचारिकाको कपाल समातेर अनुहारमा धेरैपटक मुक्का हानिन् । यात्रीहरूले क्विनोनेजको लुगा तानेर उनलाई रोक्न खोजे । तर, सफल भएनन् । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu