site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक
फाइल तस्बिर ।
SkywellSkywell

किभ । युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताएका छन् । रुसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उनले लगाएका छन् ।

सन् २०१४ देखि २०१९ सम्म सत्तामा रहेका पोरोशेन्को युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय टेलिभिजनमा उनको दलको धारणा राख्न पटक-पटक सार्वजनिक हुने गरेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सत्तारूढ दलपछि ठूलो उनको युरोपेली सोलिडारिटी पार्टी युक्रेनको संसद्मा दोस्रो ठूलो दल हो ।

Dabur Nepal
NIC Asia

रुसले आक्रमण गरेपछि युक्रेनको संसद्ले धेरै रुसी समर्थक दलहरूलाई प्रतिबन्ध लगाएको छ भने अरूलाई अझै पनि तथाकथित राजनीतिक युद्धविरामको सीमामा रहेर गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । यसले सबै युक्रेनी दलहरू युद्धविरुद्ध एकजुट हुन घरेलु राजनीतिक असहमतिहरू पन्छाएर अघि बढेका छन् ।

पोरोशेन्कोको कार्यालयले सरकारले रुसविरूद्धको ऐक्यबद्धता जनाउन भएको सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै उनलाई ‘युक्रेनी सीमा पार गर्न दिन अस्वीकार गरिएको’ जनाएको छ ।

“यो निर्णयबाट अधिकारीहरूले युद्धकालमा लागु रहेको ‘राजनीतिक युद्धविराम’ भंग गर्ने खतरा भएको छ । रुसी आक्रमणको सामना गर्नुपर्दा राष्ट्रिय एकताको एउटा बलियो आधार घरेलु ऐक्यबद्धता थियो । तर, सरकारबाट यो भंग गरिएको छ,” उनको कार्यालयले भनेको छ ।

पोरोशेन्को युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लिथुआनियामा भएको नाटो संसदीय सभाको बैठकमा सहभागिता जनाउन जानुपर्ने थियो । सरकारबाट यसअघि यात्रा गर्ने अनुमति प्राप्त गरेका थिए । यद्यपि, पछिल्लो कदमले त्यहाँ सहभागी हुने सम्भावनालाई अन्त्य गरिदिएको छ ।

उनले लिथुआनियाका राष्ट्रपति गितानास नौसिदा र युरोपेली संसद्का एक समूहसँग भिल्नियसमा भेटवार्ता गर्न लागेका थिए । त्यसपछि उनी युरोपेली राजनीतिक दलहरूका नेतृत्वलाई एक ठाउँमा भेला गर्ने शिखर सम्मेलनका लागि नेदरल्यान्ड्सको रोटरड्याम जाने कार्यक्रम रहेको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  १९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro