site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बैंक ठगेर निजी विमान र मंहगा कार चढ्ने क्रिस्टोफर दण्डित
Sarbottam CementSarbottam Cement

बर्मिंघम । अमेरिकाको अलावामा निवासी एक व्यक्तिलाई बैंक घोटाला गरेर धनाढ्य जीवन जिइरहेको अभियोगमा दोषी ठहर गरी सजाय सुनाइएको छ । बैंकलाई ठगेर कमाएको पैसाले भेस्टाभिया निवासी ३९ वर्षिय क्रिस्टोफर ए. मोन्टालवानोले एउटा निजी विमान र महँगा कारहरू जस्तै फेर्रारिस र लाम्वोर्घिनिससमेत किनेर मोज गर्दै आएका थिए । 

बिहीबार एक अदालतले उनलाई १५ वर्ष लामो कारावास सजाय र क्षतिपूर्ति वापत १ करोड २० लाख अमेरिकी डलर जरिबाना तोकेको छ । उनले चार वर्ष लगाएर सन् २०२० मा आफ्नो ठगी मनाशय पूरा गरेका थिए । गत नोभेम्वरमा जालसाजी, बैंक घोटाला र मुद्रा अपचलन अभियोगमा दोषी करार गरिएका उनलाई अमेरिकी जिल्ला एन्नेम्यारी एक्सोनले सजाय सुनाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वकिलहरूले उनले बनावटी कम्पनीहरू देखाएर कम्तिमा २० वटा बैंकबाट करोडौं अमेरिकी डलर वरावरको १४० वटाभन्दा धेरै ऋण निकालेको बताएका छन् । उनले त्यस्तो पैसा भव्य दुईवटा घर र जमिन तथा थुप्रै घडेरी किनेको बताइएको छ । मोन्टाल्वानोका वकिल ब्रेट ब्लूमस्टोनले यस विषयमा कुनै पनि प्रतिक्रिया दिन मानेका छैनन् ।  

उनका ७७ वर्षिय पिता गुस मोनटाल्वानोमाथि पनि बैंक ठगी कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ । एपी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९  ०६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC