site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेका थिए ‘पत्रकार’ ले !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धम्की दिएर सात करोडरुपैयाँ माग गरेको आरोपमा पत्रकारसहित सातजना पक्राउ परेका छन् ।

उनीहरुले अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

Agni Group
NIC Asia

पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयपुरका सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोटका टेक विक, कोटेश्वर बस्ने बझाङका धर्मराज थापा, काँडाघारी बस्ने काभ्रेका उमेश भण्डारी, रातोपूल बस्ने गुल्मीकी बसन्ता खनाल, सिनामंगल बस्ने गुल्मीकै सुरज शर्मा र काठमाडौंका श्रवण कार्की पक्राउ रहेका छन् ।

प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनीहरुले एकजना मोडलको अश्लिल भिडियो बनाएर बार्गेनिङ गरेका थिए । सुजन, सुरज कार्की र बसन्ता एबीसी टीभीमा काम गरेर अहिले छाडेका पत्रकार रहेको बताइएको छ । धर्मराज नेपाल तारामा काम गर्छन् भने टेक विप्लव समूहका नेता भएको स्रोतले जानकारी दिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय