site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मौद्रिक नीति समीक्षामा ब्याजदर बढ्ने संकेतले दोहोरो अंकले घट्यो नेप्से 
SkywellSkywell

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १५.८२ अंकले गिरावट भएर  २२२३.७८ अंकमा बन्द भएको छ । 

नेप्से घट्दा होटेल तथा पर्यटन उपसूचकबाहेक सबै उपसूचकमा गिरावट भएको छ । 
 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर अझै बढ्ने संकेत गर्दा सेयर लगानीकर्ता थप ‘पेनिक’ बनेका छन् । जसले गर्दा नेप्सेमा गिरावट हुँदा पनि लगानीकर्ता बजारबाट बाहिरिन खोज्दा बिहीबारको तुलनामा कारोबार रकम भने बढेको छ ।  

Dabur Nepal
NIC Asia

बिहीबार ८८ करोडमा सीमित भएको कारोबार रकम आज १ अर्ब २९ करोड ८९ लाख पुगेको छ ।    

आज बजारमा प्रभु बैंकको संस्थापक सेयर सर्वाधिक १७ करोड ६० लाख ७५ हजारको कारोबार भएको छ । त्यस्तै मर्जरको चर्चा चलिरहेको मेगा बैंकको ९ करोड ८२ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ६२ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९३ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको  सेयरमूल्य घटेको छ भने ३८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ९ कम्पनीको  सेयरमूल्य भने स्थिर छ ।

आज कारोबार भएकामध्ये  रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ६.१३ प्रतिशतले वृद्धि हुँदा नारायणी विकास बैंकको ५.३१ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य  ४.०४ प्रतिशतले बढेको छ । 

यता, दिव्येश्वरी हाइड्रोपावरको सेयरमूल्य सवार्धिक ३.७५ प्रतिशतले गिरावट हुँदा हिमाल दोलखा हाइड्रोपावरको ३.७४ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको  सेयरमूल्य ३.६५ प्रतिशतले गिरावट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro