अर्थ व्यवसाय
काठमाडौं । फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्रान्डवर्थ प्रा.लि.को आयोजनामा आगामी जेठ २० गते शुक्रबार इकोनोमी कन्क्लेभ हुन लागेको हो ।
कोभिड १९ पछि नेपालीहरू डिजिटल प्रविधिका अनेकौँ आयाममा अभ्यस्त हुन थालेसँगै अर्थतन्त्र नै डिजिटाइजेसनतर्फ फड्को मारिरहेको विषयलाई मध्येनजर गर्दै कन्क्लेभको आयोजना गर्न लागिएको जनाइएको छ ।
कन्क्लेभमा डिजिटाइजेसनका पछिल्ला सम्भावना, अवसर तथा चुनौतीहरूका बारेमा सबै सरोकारवालाहरूसँग बृहत छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १७:३०
प्रतिक्रिया दिनुहोस्