site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पूर्वी भारतमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

नयाँ दिल्ली । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झन्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरंगाबाद र गया जिल्लामा भएको बताइएको छ ।

बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’को रूपमा चर्चा गरिने गरिएको छ ।

तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरीचौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको यकिन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरैजसो पीडितले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको  बताइएको छ ।  “छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा बिक्री गरिएको,” जी न्युजले उल्लेख गरेको छ ।

यसैबीच, भारतको राष्ट्रिय मानवअधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई ‘नोटिस’ पठाएको छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro