site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सिर्जना सिंहको वडामा बालेन दोब्बर बढीले अगाडि, स्थापितको वडामा २४ मतले मात्रै पछि
SkywellSkywell

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थानीय चुनाव २०७९ को मतगणना जारी छ । अहिले वडाहरु १३, १४, १५, १६ र १७ को मतपत्र गणना भइरहेको छ । 

निर्वाचनघि काठमाडौंमा नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंह र नेकपा एमालेबाट उठेका केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने आकलन भएका थिए । तर त्यस विपरीत स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरको नेतृत्व सम्हाल्दैछन् ।

Dabur Nepal
NIC Asia

अहिले गत गणनामा बालेन सबैभन्दा अघि र सिंह तथा स्थापितबीच दोस्रो र तेस्रो स्थानको लागि कडा टक्कर भइरहेको छ । 

स्थापितले वडा नं. २८ बाट मत खसालेका थिए । उक्त वडामा २ हजार ९९७ मत खसेकोमा स्थापितले ७४१, बालेनले ७१७ र सिंहले ७१० मत प्राप्त गरेकी छन् । स्थापितकै वडामा बालेन २४ भोटलेमात्रै पछि छन् । तर उक्त वडामा कांग्रेसका उमेदवार भने वडाध्यक्ष निर्वाचित भएका थिए ।

अहिले वडा नं. १६मा मतगणना भइरहेको छ । उक्त वडा सिंहको हो र त्यहाँ १२ हजार ३३६ मत खसेको छ । हालसम्म ७ हजार ४६८ मत गणना भएकोमा बालेनले सबैभन्दा बढी २ हजार ९५९ मत प्राप्त गरिसकेका छन् भने सिंहले १ हजार ३८५ र स्थापितले १ हजार १३१ मत प्राप्त गरेका छन् । 

हालसम्म बालेनले ५५ हजार ६२ ६मत प्राप्त गरिसकेका छन् भने सिंहले ३५ हजार ३७१ र स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu