site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपामा कार्यवाहक नै कार्यवाहक !  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उच्च नेतृत्वको अघिल्तिर ‘कार्यवाहक’ फुर्का झुन्डिने क्रम अब ‘सभापति’सम्म पुगेको छ ।

पार्टी अध्यक्ष रवि लामिछाने सहकारी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अभियुक्त बनेपछि उपसभापति डोलप्रसाद आर्याललाई ‘कार्यवाहकको जिम्मेवारी’ मिलेको छ । पार्टी सभापति लामिछानेले नै अर्याललाई कार्यवाहकको जिम्मेवारी दिनू भनेपछि सचिवालय बैठकले त्यसलाई अनुमोदन गरेको हो ।

WhatsApp-Image-2024-12-23-at-6.11.10-PM-1734957004.jpeg
 

Dabur Nepal
NIC Asia

अभियुक्त लामिछानेको प्रतिनिधिसभा सदस्य निलम्बनमा परेपछि कार्यवाकहरूको जिम्मा पुगेको हो । कास्की जिल्ला अदालतमा लामिछानेविरुद्ध आइतबार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको हो । 

सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ बमोजिम मुद्दा अदालतमा दर्ता भएपछि पद स्वतः निलम्बन हुन्छ । सहकारी ठगीमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । उक्त प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो । 

यसअघि नागरिकता प्रकरणका हुँदाका तत्कालीन गृहमन्त्री लामिछाने पदमुक्त भएका थिए त्यतिबेला पनि कार्यवाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी अर्याललाई नै दिइएको थियो ।

लामिछाने सभापति रहेको रास्वपा ०७९ असार ७ गते गठनको सार्वजनिक घोषणा गरिएको थियो । रास्वपा ०७९ को प्रतिनिधिसभा निर्वाचनबाट संसद्को चौथो ठूलो दल बन्यो ।  

महामन्त्री र प्रवक्ता पनि कार्यवाहक 

रास्वपामा पार्टीको महामन्त्री र प्रवक्ता पनि कार्यवाहक नै छन् ।  

महामन्त्री, प्रवक्ताको जिम्मेवारीबाट रास्वपाले असार २५ गते मुकुल ढकाललाई पदमुक्त गरेपछि कार्यवाहकको शृङ्खला सुरू भएको थियो । त्यतिबेला कार्यवाहक महामन्त्रीको जिम्मेवारी सह–महामन्त्री कबिन्द्र बुर्लाकोटी र प्रवक्ताको जिम्मेवारी सहायक प्रवक्ता मनिष झालाई तोकिएको थियो । 

देश दौडाहापछि तयार पारेको प्रतिवेदनमा पार्टीको खस्कदो स्थितिबारे उल्लेख गरेको र ती कुरा बाहिर ल्याएको अभियोगमा ढकाललाई असार २५ गतेको केन्द्रीय समिति बैठकले कारबाही गरेको थियो । 

पार्टी निर्णय चित्त नबुझे पुनरावेदन गर्न ३५ दिनको समय दिइएको थियो । तर, उक्त समयमा पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको आरोप लगाउँदै साउन ३० गते २४ घण्टे स्पष्टीकरण सोधेको थियो । 

ढकालले ३१ गते स्पष्टीकरण बुझाएका थिए । भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले फेरि अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।  रास्वपाले भदौ ११ गते ढकाललाई साधारण सदस्यबाट पनि निष्कासित गरेको थियो । उनलाई पार्टीबाट हटाए पनि रास्वपाले महामन्त्री र प्रवक्ता तोकेको छैन ।

रास्वापले पार्टीको महाधिवेशन ०८१ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको छ । 

रास्वपाले ढकाललाई महामन्त्री र प्रवक्ता पदबाट हटाएर केन्द्रीय समिति अद्यावधिकका लागि निर्वाचन आयोग पनि पठाएको थियो । तर, आयोगले त्यसबारे कुनै निर्णय गरिसकेको छैन । लामिछाने संसदीय दलका नेता पनि हुन् । उनी निलम्बनमा परेपछि त्यहाँ पनि अर्को कुनै नेतालाई जिम्मेवारी दिनुपर्ने हुन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro