site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विभिन्न पार्टीलाई हृदयेश त्रिपाठीको दलको आह्वान– आउनुहोस्, सहकार्य गरौँ

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले विभिन्न राजनीतिक दलहरूलाई सहकार्यको प्रस्ताव गरेको छ । आज एक विज्ञप्तिमार्फत त्रिपाठीले लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतलाई सहकार्यको प्रस्ताव गरेका हुन् ।

सहर्कायलाई मूर्त रूप दिन जनता प्रगतिशील पार्टीको तर्फबाट शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन पनि गरिएको विज्ञप्तिमा उल्लेख छ । वार्ता टोलीमा पूर्वमन्त्री ईश्वर दयाल मिश्र र मोहम्मद साबिर हुसेन पनि छन् ।

"जनतामा रहेको आशावाद खस्किँदो अवस्थामा छ । नैराश्य बढ्दो छ । वस्तुत: यस अवस्थाप्रति चिन्तित हुने राजनैतिक दलहरूबीच सहकार्यको आवश्यकता रहेको जनता प्रगतिशील पार्टी, नेपालको ठहर छ," विज्ञप्तिमा भनिएको छ ।

Hridesh-1734967157.jpg
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro