site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र भारतबीच व्यापार घाटा समानान्तर : मन्त्री खड्का 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल र भारतबीच बिजुली व्यापार घाटा समानान्तर रहेको दाबी गरेका छन् । सोमबार संखुवासभाको खाँदबारीमा आयोजित विशेष सांगठनिक अभियान कार्यक्रममा मन्त्री खड्काले सो दाबी गरेका हुन् । 

उनले विगतका वर्षमा वार्षिक १८ अर्बसम्मको बिजुली भारतबाट किन्दै आएकोमा पछिल्लो पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बेचेको बताए । पाँच महिनामा बिक्री गरिएको बिजुलीले व्यापार घाटा समानान्तर भएको उनको दाबी छ । 

ऊर्जा क्षेत्रले नै देशका नागरिकलाई समृद्ध बनाउने मन्त्री खड्काको भनाइ छ । १८ देखि २० प्रतिशत गरिबीको रेखामुनि रहेका जनताले हरेक आयोजनाबाट जलविद्युतको सेयर पाउने व्यवस्था गरिएको भन्दै उनले ऊर्जा क्षेत्रले नै देशका नागरिकलाई समृद्ध बनाउने बताए । 

सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको मन्त्री खड्काले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro