site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इन्धन आयातमा विदेशिन्छ नेपालबाट सर्वाधिक रकम

काठमाडौं । नेपालबाट सबैभन्दा ठूलो रकम पेट्रोलियम पदार्थ (इन्धन) आयात गर्दा बाहिरिने गरेको छ । 

चालू आर्थिक वर्ष ०८१/८२ को पहिलो पाँच महिनामा मात्र डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गर्दा नेपालबाट ९२ अर्ब ८५ करोड ६३ लाख ८८ हजार रुपैयाँ विदेशिएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार ०८१ साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा उक्त रकम नेपालबाट बाहिरिएको हो । विगतको पाँच महिनामा नेपालले वस्तु आयात गर्दा सबैभन्दा बढी रकम डिजेल, पेट्रोल र एलपीजी ग्यासमा खर्च गरेको छ ।

विभागको तथ्यांकअनुसार उक्त अवधिमा ४२ अर्ब १७ करोड २८ लाख ६२ हजार रुपैयाँको डिजेल आयात गरेको छ । सोही समयमा २६ अर्ब ४५ करोड ४३ लाख ५७ लाख रुपैयाँको पेट्रोल नेपालले आयात गरेको छ ।

यस्तै, पछिल्लो पाँच महिनामा नेपालले २४ अर्ब २२ करोड ९१ लाख ६८ हजार रुपैयाँको एलपीजी ग्यास आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ को पहिलो पाँच महिनामा नेपालले एक खर्ब तीन अर्ब ११ करोड ७८ लाख पाँच हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro